Logo
Logo

समानुपातिकमा एमाले अग्रस्थानमा, घण्टी तेस्रो


8.5k
Shares

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले अग्रस्थान कायमै राखेको छ । एमालेले २५ लाख ३४ हजार ३२३ मत पाउँदा नेपाली कांग्रेस २३ लाख ९९ हजार ८३१ मतसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र) चौथो स्थानमा छ । माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ४५ हजार ६५६ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) तीन लाख २६ हजार ३७२ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी दुई लाख ६२ हजार ८२६ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ५२ हजार २७ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ३७ हजार ९६२ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख २७ हजार ९१८ मतसहित १०औँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्