Logo
Logo

एनआईबीएल एस क्यापिटल र दुगर हेल्थकेयर बिच लगानी सम्झौता


315
Shares

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (दुगर हेल्थकेयर) बीच लागानी सम्झौता भएको छ ।

गत शबिहीबार एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडे र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (HMDL) को तर्फ बाट अध्यक्ष श्री अभिषेक दुगडले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

एनआईबिएल एस क्यापिटलले (HMDL) मा केही न्युनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ । टाटा समूहसँगको सहकार्यमा, HMDL ले फार्मास्युटिकल्स औषधि, एन्टिजेन्स डायग्नोस्टिक रिएजेन्टस् र अन्य उत्पादनहरु पनि उत्पादन गरी बिक्रि गर्ने लक्ष्य राखेको छ ।

HMDL ले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स संगको सहकार्यमा मेडिकल लगायत निदानकारी उत्पादनहरूको विकास, उत्पादन र बजारीकरण गर्दछ । टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी होे ।

टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स, भारतसँगको सहकार्यमा, नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ कम्पनीले नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाईहरू स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ, साथै देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरू स्थापना गर्ने र विभिन्न उत्पादनहरू लाई बजारमा ल्याउने योजना समेत रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्