Logo
Logo

सुकुम्बासी बस्तीमा प्रहरी र स्थानीयबीच झडप (भिडियोसहित)


2.5k
Shares

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । सोमबार दिउँसो सुकुम्बासी बस्तीभित्र प्रहरी छिरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानीइले ढुंगामुढा गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको छ । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो ।

त्यस्तै, समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । उनकाअनुसार बस्ती खाली गर्न यसअघि नै समय दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्