Logo
Logo

‘तस्बिरमा सन्देश छ’


7.4k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीको जम्काभेट भएको छ । उनीहरूको भेट भैरहवा विमानस्थलमा भएको हो ।

उनीहरुको भेट भएको जनाकारी पूर्वमन्त्री समेत रहेका झाँक्रीले समाजिक सञ्जामार्फत दिएका छन् । झाक्रीले एमाले उपमहासचिव पौडेल र नेता खिमलाल भट्टराईसँग तस्बिर सोमबार फेसबुकमा राख्दै त्यसमा सन्देश रहेको बताएका हुन् ।

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि केहीले बाम एकताको आकलन गरेका छन् । हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने चर्चा पनि चल्न थालेको छ ।

गुल्मी–२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी झाक्री एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्