Logo
Logo

काठमाडौंका मेयर बालेन साहको राजीनामा माग


14.7k
Shares

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को राजीनामा माग गरेका छन् ।

सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रतिकारमा उत्रिएका हुन् । उनहरुले खुकुरीहंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले बालेन्द्रविरुद्ध चर्को नारावाजी गरिरहेका छन् । उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्