Logo
Logo

अरिंगाल प्रति प्लेट ६०० रुपैयाँ !


- दृष्टि न्युज/संवाददाता

0
Shares

गलेश्वर, २० भदौं । जंगलका रुखको टुप्पामा गोला बनाउने अरिंगालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ ।
मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरिंगालको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ ।
म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित होटलमा अरिंगालको परिकारको माग बढेको छ । जगलमा पाइने अरिंगालको माग बढेसँगै व्यापार पनि बढेको व्यवसायी बताउँछन् । गत वर्ष अरिंगालको ‘फ्राई’ बिक्री गरेर रु चार लाख आम्दानी गरेकी बेनी नगरपालिकाका सिर्जना भट्टचन अहिले पनि अरिंगालको परिकार बनाउन व्यस्त देखिन्छन् ।
मौसम शुरु भएसँगै उनको होटलमा अरिंगालको परिकारका पारखी आउन शुरु गरेका छन् । तीन दशकदेखि होटल व्यवसाय गर्दै आएकी भट्टचनले अरिंगालको परिकार बिक्री गर्न थालेदेखि आम्दानी पनि बढेको छ । उनले अरिंगालको गोलो खरीद गरी परिकार बनाएर बिक्री गर्दै आएका छन् ।
अहिले यो परिकार प्रतिप्लेट रु ६०० मा बिक्री हुने गरेको छ । अरिंगालको परिकार निकै स्वादिलो हुने भएकाले पनि ग्राहक खोजीखोजी खान आउने गरेका छन् । त्यसैले दैनिक १० देखि १५ प्लेटसम्म बिक्री हुने गरेको छ ।
अरिंगाल पोलेर बिक्री गर्न थालिएसँगै गाउँका केही युवाको पनि आम्दानी बढेको छ, तर युवाले भिरमहजस्तै अरिंगाल पोल्न सरकारले लाइसेन्स दिनुपर्ने बताउँछन् । सामुदायिक तथा वन जंगलमा बिना अनुमति अरिंगाल पोल्ने कामका बारेमा कानूनमा प्रष्ट नहुँदा स्थानीय सरकारको पनि चासो पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्