Logo
Logo

सशस्त्रमा एसएसपीको चलखेल


2.7k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलमा दुई एसएसपीको चलखेलका कारण बेथिती मौलाएको छ । प्रबन्ध महाशाखाका एसएसपी दीपेन्द्र कुँवर र सवारी शाखाका प्रमुख एसएसपी प्रमोद साहको कारण अनियमितता बढेको स्रोतको भनाइ छ ।

समाचार स्रोतका अनुसार, सवारी शाखामा गाडी मर्मतका नाममा बेथिती बढेको छ । एसएसपी साहकै कारण सशस्त्रका करोडौंका गाडी अलपत्र परेका छन् । समयमा मर्मत नहुँदा सशस्त्रका एक दर्जन गाडी कवाडी बन्न लागेका छन् । खुला आकाशमुनी महंगा गाडीहरु महिनौंदेखि राखिएका छन् । रंगशालाको छेउमा यसरी पुराना गाडीहरु बेबारिसे अवस्थामा छन् । घामपानीबाट जोगाउन सकेमात्र पनि ती गाडी प्रयोगमा आउने एक अधिकृत बताउँछ । तर, एसएसपी साहको ध्यान हाकिमहरुको चाकडी र कमिसनमा मात्र हुने गरेको छ ।

ज्बकि, सीमा क्षेत्रमा खटिएका प्रहरीलाई गस्ती गर्न गाडीको अभाव छ । एसएसपी साहले आफु निकट अधिकृत चढ्ने गाडी मात्र मर्मत गराउँदै आएका छन् । गाडी मर्मतमा पनि ठूलो कमिसनको खेल हुँदै आएको छ । सशस्त्र प्रहरी नेतृत्वलाई समेत गलत ब्रिफिङ गरेर सवारी शाखामा उनले बदमासी गर्दै आएको स्रोत बताउँछ ।

उता प्रबन्ध शाखाका एसएसपी कुँवरले पनि हालै चुस्ता, बुट, पार्का ज्याकेट, रेनकोट लगायतको खरिदमा चलखेल गरेका छन् । सात हजार रेनकोट खरिदको ठेक्का विवादास्पद ठेकदार टोपेन्द्र बिसीसँग मिलेर गर्न लागेको स्रोत बताउँछ । कांग्रेसका बालाजु क्षेत्रका स्थानीय नेता लगायतको सेटिङमा एसएसपी कुँवर, प्रशासन विभागका एआइजी नारायणदत्त पौडेल लगायत मिलेको स्रोतले बताएको छ । सेटिङका आधारमा सामान खरिद हुन लागेकाले यसपटक पनि विगतमा जस्तै गुणस्तरहीन रेनकोट खरिद हुने सम्भावना छ ।

यसरी अनियमिततामा संलग्न एसएसपीहरु नै डिआइजी बढुवाको दौडधुपमा समेत लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्