Logo
Logo

सांसद किरातीले सहयोग गरेका दाजु भाईलाई शुभम फाउण्डेशनमा पढाइने


40.1k
Shares

काठमाडौं । विजय सभाको खर्च कटाएर असहाय दुई दाजु भाईको घर छाइ दिएका भोजपुरका सांसद सुदन किरातीले उनीहरुको पढाईका लागि समेत सहयोग जुटाएका छन् ।

भोजपुरको षडानन्द नगरपालिका–१० छाप्ले गाउँका १५ बर्षीय सुजित राई र १३ बर्षीय सुदिप राईको पढाईका लागि सहयोग जुटेको हो । सानैमा आमा बेपत्ता र बुवा क्यान्सरले वितेपछि अनाथ बनेका उनीहरुलाई भुतपुर्व गोर्खाज तथा समाजशेवी ज्ञानराज राईले पढाई खर्चको जिम्मा लिने घोषणा गरेका हुन् ।

भूपू गोर्खा सैनिक आन्दोलनरत ‘सत्यग्रह’ संयोजक समेत रहेका राईले कृर्षी विज्ञ डा.मदन राई द्धरा खोटाङमा सञ्चालित शुभम फाउण्डेशनमा पढाई दिने प्रतिवद्धता गरेका हुन् । सांसद किरातीले असाहय दाजु भाईको फुसको छानो हटाउन जस्ता पाता तथा अन्य खाद्यान्न सामग्री हस्तान्तरण गर्दै उनीहरुको पढाईका लागि सहयोगको अपील गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्