Logo
Logo

सुनसरी-४ मा रोकिएको मतगणना सुरु गर्ने तयारी


2k
Shares

काठमाडौं । आइतबारदेखि रोकिएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना सुरु गर्ने तयारी भएको छ । निर्वाचन आयोगले रोकिएको गणना सुरु गर्न निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको हो ।

सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेस नेता तथा वर्तमान सरकारका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेलाई बढी मत दिएको भन्दै पुनः मत गणनाको माग गर्दै आयोग समक्ष निवेदन दिएका थिए ।

आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको हो । मतगणना रोकिँदासम्म कार्कीले २३ हजार ४३९ मत पाएका छन् भने एमालेका जगदिश कुसियैतले २३ हजार ३४१ मत पाएका छन् । कुसियैत भन्दा कार्की ९८ मतले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्