Logo
Logo

खुुुुकुरीले हानेर श्रीमतीको हत्या


- दृष्टि न्युज/संवाददाता

0
Shares

खोटाङ, २० भदौ ।
आफ्नै ३६ वर्षीया श्रीमती देविका राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ साकेला थान डाँडागाउँ बस्ने ३५ वर्षीय सिताराम राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


घरायसी बिवादको कारण उनले आफ्नै श्रीमती देविका राईलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी देविकाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्