Logo
Logo

सेतो लुगामा आएकी उनले जब सर्वोच्चको बोर्डमा रातो रङ फ्याकिन् …


1.5k
Shares

काटमाडौं । न्याय नपाएको भन्दै रामेछापकी बीनु यादवले सर्वोच्च अदालतअगाडि प्रदर्शन गरेकी छन् । मंगलबार बिहान ट्याक्सीमा अधिकारकर्मी जस्मिन ओझासँगै आएकी उनले सर्वोच्चको गेटमा रहेको बोर्डमा रातो रङ छ्यापेर नाराबाजी गरेकी थिइन् ।

‘मलाई न्याय चाहियो, मैले कहिले न्याय पाउने ?’ भन्दै उनले नाराबाजी गरेकी थिइन् । त्यसक्रममा उनी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । त्यसपछि प्रहरीले यादवसँगै अधिकारकर्मी ओझालाई समेत नियन्त्रणमा लिएको छ ।

उनी आफ्नो श्रीमानबाट हिंसामा परेको भन्दै न्यायका लागि संघर्षरत छिन् । उनले केही समयअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । बिनुको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ ।

यादवले काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् । यादवको उजुरीमा प्रहरीले कठायतलाई पक्राउ गरे पनि पछि रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्