Logo
Logo

बाजुरा र स्याङ्जा निर्वाचन विवाद : अलमलमा आयोग


1.5k
Shares

काठमाडौं । बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ ।

मंसिर ४गते भएको मतदानमा बुथ कब्जा गरेको र विदेशमा भएको व्यक्तिको नाममा मत दिएको भन्ने विवादले रोकिएको मतदान र मतगणनाको विषयमा कसरी अघि बढ्ने भन्नेबारे आयोगले छलफल सुरु गरेको हो । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको भन्दै कांग्रेस र एमालेले एकअर्कालाई आरोप लगाइरहेका बेला आयोग कसरी अघि बढ्ने भन्न ेबारे अलमलमा परेको छ । बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निर्णय निकाल्ने जनाइएको छ ।

कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ । आयोगका पाँच पदाधिकारीको संयुक्त बैठकले यसबारे निर्णय गर्नुपर्ने हुन्छ । आयोगको बैठक मंगलबार पनि बसेको थियो, तर कुनै निर्णय गर्न सकेन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनी परामर्श लिएर आज निर्णय हुनसक्ने बताए ।

स्याङ्जा २ मा बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताका नामबाट मतदान भएको दाबी गरिएको छ भने बाजुरामाको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । कांग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको मृत्यु भएको थियो । यहाँ पनि बुथ कब्जाको आरोप लाग्दै आएको छ ।

आयोगले विवादितमध्ये दोलखामा पुनः मतदानको निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्