Logo
Logo

राखेपका पूर्वसदस्य सचिव सिंहको निधन


1.3k
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको मृत्यु भएको छ । 

गए राति एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा उनको बिहीबार दिउँसो मृत्यु भएको हो । सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ ।

सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव भएका थिए । ब्याडमिन्टनका पूर्व खेलाडी समेत रहेका सिंह ६ पटक राष्ट्रिय च्याम्पियन भएका थिए ।  सिंह नेपाल ब्याडमिन्टन संघको अध्यक्षसमेत भएका थिए ।

स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र भोलि (शुक्रबार) उनकी छोरी लन्डनबाट स्वदेश फर्किएपछि टाँहाचल स्थित घरमा लगेपछि शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय सिंहको श्रीमती र एक छोरी छन् । 

प्रतिक्रिया दिनुहोस्