Logo
Logo

रोटरी इन्टरनेशनलका अध्यक्ष जेन्निफर जोन्स नेपाल आउँदै


252
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी इन्टरनेशनलका अध्यक्ष जेन्निफर जोन्स नेपाल आउने भएका छन् । उनी तीन दिने भ्रमणमा आइतबार नेपाल आउन लागेका हुन् । 

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । भेटवार्तामा रोटरी  इन्टरनेशनलबारे कुरा हुने बताइएको छ । 

नेपाल बसाइमा उनलाई रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले सम्मान गर्नेछ । त्यस्तै रोटरी फाउण्डेसनमा महत्वपूर्ण योगदान पुर्याउने रोटरियनहरुलाई उनले कदरपत्र प्रदान गर्नेछन् । 

साथै उनले रोट्रयाक्ट र इन्ट्रयाक्टसँग पनि अन्तरक्रिया गर्नेछन् । त्यसैगरी नेपालको कर्पोरेट सेक्टरसँग अनौपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनले भक्तपुर र पाटनका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको अवलोकन गर्ने तालिका रहेको छ । त्यसपछि उनी पोखरा जाने कार्यक्रम रहेकाे छ । 

उनको नेपाल भ्रमणले नेपालमा रोटरी अभियानलाई अझ बढी सुदृढ तथा सबल बनाउने विश्वास आफूहरूले लिएको डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्