Logo
Logo

३० मतपत्र बढी भेटिएपछि बाजुरामा मतगणना रोकियो


3.9k
Shares

काठमाडौं । बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । प्रतिनिधिसभातर्फको गणनाका क्रममा खसेकोभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोएिको हो ।

खसेको भनदा ३० मत बढी भेटिएको र त्यसबारे दलहरूसँग छलफल गर्न केहिबेरका लागि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

उनका अनुसार हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मुचुल्कामा उल्लेख गरिएको भन्दा ३० बढी मत फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्