Logo
Logo

मधेश प्रदेशसभा : एमाले पहिलो, कहाँ कसले जिते ? (सूचीसहित)


26.8k
Shares

काठमाडौं । प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमध्ये ९ क्षेत्र जित्दै ठूलो दल बनेको एमाले प्रदेशसभामा पनि पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ ६४ क्षेत्र रहेको प्रदेशसभामा ६२ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसक्दा एमाले १५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ ।

एमालेपछि प्रदेशमा कांग्रेस दोस्रो ठूलो दल बनेको छ । उसले ११ सिट जितेको छ । यता ०७४ को निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफ्नो नेतृत्वमा सरकार गठन गरेको जनता समाजवादी पार्टीले ८ सिट जितेको छ । अर्को मधेशवादी दल लोसपाले ७ क्षेत्र जितेको छ ।

त्यसैगरी पहिलोपटक निर्वाचनमा भाग लिएको जनमत पार्टीले मधेश प्रदेशसभामा ६ सिट जितेको छ । यता नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ४–४ क्षेत्रमा विजयी बनेका छन् । ६ क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

धनुषा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र (ख) को मात्रै अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ । त्यहाँ मत गणना सकिए पनि दलहरुबीच विवादका कारण निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेको छैन ।

धनुषा १ को (क)मा कांग्रेस र (ख)मा एमाले उम्मेदवार जितनजिक छन् । ती दुई क्षेत्रको अन्तिम परिणाम सार्वजनिक हुँदा एमाले र कांग्रेसलाई थप एक–एक सिट थपिने सम्भावना बलियो छ ।

एमाले
१.सप्तरी १ (क) – राजकुमार लेखी
२. सिरहा १ (क) – राजेन्द्र प्रसाद चौधरी
३. सिरहा २ (ख) – शत्रुधनप्रसाद सिंह
४. सिरहा ३ (क) – मनोकुमार सिंह
५. धनुषा २ (क) – लखनदास तत्मा
६. धनुषा ३ (ख) – दिपेन्द्रकुमार ठाकुर
७. धनुषा ४ (क) -शेष नारायण यादव
८. धनुषा ४ (ख) – हरिनारायण महतो
९. महोत्तरी १ (क) – शारदा देवी थापा
१०. महोत्तरी ४ (क) – सरोजकुमार यादव
११. रौतहट २ (क) – मोहम्मद जैद आलम
१२.बारा १ (क) – त्रिलोकी प्रसाद
१३. बारा ३ (क) – रविन्द्र दास श्रेष्ठ
१४. बारा ३ (ख) – महम्मद समिर
१५. बारा ४ (क)- देवनारायण थारु

नेपाली कांग्रेस
१. धनुषा ३ (क) -रामशरोज यादव
२. सर्लाही २ (क) – जंगीलाल राय
३. सर्लाही २ (ख) -कौशलकिशोर राय
४. सर्लाही ४ (क) – वीरेन्द्रप्रसाद सिंह
५.रौतहट १ (क) – नागेन्द्र साह
६. रौतहट १ (ख) – कृष्णप्रसाद यादव
७. पर्सा २ (क) -श्यामप्रसाद पटेल
८. रौतहट ३ (ख) -सुनिलकुमार यादव
९. पर्सा ३ (ख) -जनार्दन सिंह क्षेत्री
१०. पर्सा ४ (क) – शंकरप्रसाद चौधरी
११. सप्तरी ३ (क) – मोहम्मद समिर

जसपा
१. सिरहा १ (ख) – राजकुमार गुप्ता
२. धनुषा २ (ख) – रामआशिष यादव
३. महोत्तरी ४ (ख) – सरोजकुमार सिंह
४. सर्लाही ३ (ख) – संजयकुमार यादव
५. रौतहट ४ (ख) – शेख अबुलकलाम आजाद
६.बारा १ (ख) – सरोजकुमार यादव
७. बारा २ (ख) – बच्चा राउत अहिर
८. पर्सा १ (ख) – लालबाबु राउत
९. पर्सा ४ (ख) – सिंगासन सा कलबार

लोसपा
१. सिरहा ४ (ख) ( रामबाबु यादव
२. महोत्तरी २ (क) – जयलुन राइन
३. महोत्तरी ३ (क) – अभिराम शर्मा
४. महोत्तरी ३ (ख) – रानीकुमारी शर्मा
५. सर्लाही १ (क) – उपेन्द्र महतो
६. बारा ४ (ख) – जितेन्द्रप्रसाद सोनार
७. पर्सा २ (ख) – रमेशप्रसाद कुर्मी

जनमत पार्टी
१. सप्तरी १ (ख) – सकिल मियाँ
२. सप्तरी २ (क) – सतिशकुमार सिंह
३. सप्तरी २ (ख) – महेशप्रसाद यादव
४. सप्तरी ३ (ख) – शम्भुकुमार साह
५. सिरहा २ (क) – सञ्जयकुमार यादव
६. सिरहा ४ (क) – त्रिभुवन साह

स्वतन्त्र
१. सप्तरी ४ (ख) – अनिरुद्धकुमार सिंह
२. महोत्तरी २ (ख) -सुरिता कुमारी साह
३. सर्लाही ३ (क) – जवाहरलाल कुशवाहा
४. रौतहट ३ (क) – केशव राय
५. बारा २ (क) – शारदा शंकर प्रसाद कलबार
६. पर्सा ३ (क) – प्रमोदकुमार जयसवाल

माओवादी केन्द्र
१. महोत्तरी १ (ख) -भरत प्रसाद साह
२. सर्लाही ४ (ख) – फकिरा महतो
३. रौतहट ४ (क) – युवराज भट्टराई
४. पर्सा १ (क) – रहवर अन्सारी

एकीकृत समाजवादी
१. सप्तरी ४ (क) – गोविन्द बहादुर न्यौपाने
२. सिरहा ३ (ख) – प्रमोकुमार यादव
३. सर्लाही १ (ख) – बेची लुंगेली
४. रौतहट २ (ख) – कनिश पटेल

प्रतिक्रिया दिनुहोस्