Logo
Logo

थप उपचारका लागि आज चीन जाँदै वर्षमान पुन


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज चीन जाने भएका छन् ।

नेता पुनलाई पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा पुनः फलोअपका लागि जान लागेका हुन् ।

यसअघि २०७८ साल मङ्सिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो । चीन–नेपाल नियमित उडान नभएकाले पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वाञ्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जण्डिसको मात्रा (बिलरुविन) नौ रहेकामा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै पत्नी ओनसरी घर्ती र छोरी शीला पनि सेनजेन जानेछन् ।

चीन जानुअघि पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्