Logo
Logo

लेबनानद्वारा सिरियाली शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह


315
Shares

एजेन्सी । लेबनानले सिरियाली शरणार्थीलाई सुरक्षित स्वदेश फर्काउन संयुक्त राष्ट्रसंघले लेबनानी अधिकारीलाई सहयोग गर्नुपर्ने बताएको छ ।

लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) फिलिपो ग्रान्डीसँग ग्रान्ड सेराइलमा भने, ‘लेबनानसँग शरणार्थी मामिलाको परिणाम सहन सक्ने आर्थिक र राजनीतिक क्षमता छैन यो मुद्दा लेबनानका लागि दबाबको कारक बनेको छ ।’

मिकातीले भने, ‘यस चरणको प्राथमिकता विस्थापित सिरियालीहरूलाई क्रमशः उनीहरूको देशमा फर्काउने हो किनकि सिरियामा स्थिति स्थिर भएको छ ।’

उक्त अबसरमा ग्रान्डीले मिकातीसँग ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीहरूलाई होस्ट गर्न लेबनानमाथि थोपरिएको अविश्वसनीय दबाबको बारेमा सहमति व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले लेबनानी जनता र देशका सबैका लागि आफ्नो मानवीय सहयोग बढाउने आश्वासन दिए ।

ग्रान्डीले युएनएचसीआरले सिरियाली अधिकारीहरूसँग मिलेर सिरियाली शरणार्थीहरूलाई उनीहरूको मातृभूमिमा फर्कनबाट रोक्न भएको अवरोधहरू हटाउन काम गरिरहेको बताउँदै केही चुनौतीहरूमा भत्किएका घरहरू र कठिन आर्थिक स्थिति समावेश रहेको बताए ।

उनले भने, ‘हामीले केही प्रगति गरेका छौं, तर फर्कने निर्णयमा विश्वस्त हुन अझै धेरै काम गर्न बाँकी छ । कतिपय स्थानका शरणार्थी फिर्ता गर्नका लागि उनीहरूको घर भत्किएकोले समस्या भएको छ ।’

सरकारले लेबनानमा २० लाख सिरियाली शरणार्थी रहेको अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्