Logo
Logo

विश्वप्रकाशलाई कागती र खुर्सानीको माला पहिराउँदै मतदाताले भने- ‘२५ वर्ष कसैको नजर नलागोस्’


1.8k
Shares

झापा । नेपाली कांग्रेस महामन्त्री तथा झापाबाट निर्वाचित विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको मालाले सम्मान गरेका छन् ।

‘मतदाता सम्मान अभियान’ क्रममा गाउँ घुमिरहेका शर्मालाई मेचीनगर–९ लिलाबस्तीका जनताले फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन् । नेपाली समाजमा ‘कसैको नजर नलागोस्’ भनेर कामना गर्नुपर्दा घरमा, कागती र खुर्सानीको माला लगाउने तथा झुण्ड्याउने चलन छ।

कागती र खुर्सानीको माला लगाइदिएको लिलाबस्ती शर्मालाई दूध खुवाएर बचाउने आमा देउकुमारी श्रेष्ठको गाउँ हो । विश्वप्रकाशकी आमा सावित्री शर्माको दूध नआएपछि छिमेकमै सुत्केरी रहेकी श्रेष्ठले डेढ वर्षसम्म उनलाई दूध खुवाएकी थिइन् । लिलाबस्तीवासीले शर्मालाई शतप्रतिशत मत हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्