Logo
Logo

प्रदेश १ मा ३१६ पदका लागि दरखास्त आह्वान


1.3k
Shares

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ ।

स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान गरेको हो ।

आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ । दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ ।

१७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् । चैत २५ बाट लिखित परीक्षा सुरु भई जेठ २०सम्म कायम रहने छ ।

प्रतिक्रिया दिनुहोस्