Logo
Logo

पत्रकार एलनमाथि भएको सांघातिक आक्रमणप्रति समाजवादी प्रेस संगठनको गम्भीर ध्यानाकर्षण


5k
Shares

काठमाडौं । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव तथा सक्रिय पत्रकार रामकुमार एलनमाथि हातपात भएकोप्रति समाजवादी प्रेस संगठन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजवादी प्रेस संगठनले सोमबार बिहान विज्ञप्ति जारी गरी उक्त घटनाको भत्र्सना गर्दै घटनामा संलग्न र घटनास्थलमा सशरीर उपस्थिति एवं घटनाका योजनाकारसमेतको पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको छ ।

पत्रकार एलनमाथि आइतबार राति ९ः५० को समयमा हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण भएको थियो ।

समाजवादी प्रेस संगठनका महासचिव भुपेन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिव २०/२२ जनाको जत्थाले गएराति उहाँमाथि आक्रमण भएको हो । पत्रकार एलनको उद्धार गर्न पुग्नुभएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको छ । महासचिव मगर पनि सामान्य घाइते हुनुभएको छ भने पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्