Logo
Logo

करारमा इन्जिनियर नियुक्त गर्दै काठमाडौं महानगर


1.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्ने भएको छ ।

महानगरले मंगलबार एक सूचना जारी गर्दै अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ ।

आठौं दिनदेखि तोकिएको मितिभित्र निवेदन दिने उम्मेदवारहरू मध्येबाट योग्यता क्रमानुसार करारमा नियुक्ति दिई कामकाजमा लगाइने महानगरद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्