Logo
Logo

लुम्बिनीका मुख्यमन्त्रीले रातारात दाङ सारे कार्यालय


3.8k
Shares

काठमाडौं । स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बेला लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय दाङ सारिएको छ ।

मुख्यमन्त्री कार्यालयको फर्निचर तथा समानाहरु राति नै दाङको देउखुरी सारिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माले राति नै दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सारिएकोबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

लुम्बिनी सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । उनका अनुसार अबदेखि मुख्यमन्त्री कार्यालयको काम बुटवलबाट नभई दाङबाटै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्