Logo
Logo

‘नक्कली’ सुकुमबासीलाई हटाउन माग गर्दै धर्ना


630
Shares

काठमाडौं । सार्वजनिकस्थलबाट नक्कली सुकुमबासीलाई हटाउनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिइएको छ ।

सुकुमबासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुमबासीलाई हटाउनुपर्ने भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले मंगलबार महानगर अगाडी धर्ना दिएको हो । समितिले सही सुकुमबासी पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुमबासीलाई हटाउनु पर्ने माग राखेका छन् ।

समितिले सुकुमबासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्ने माग गरिएको छ । धर्नामा सहभागीले सुकुमबासीको नाममा राजनीति गर्न पाइँदैन, भूमि भएका कसरी सुकुमबासी भन्ने प्रश्नसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

समितिले सरकारी जग्गा अतिक्रमण रोक्नु पर्ने र सही सुकुमबासीलाई विकल्पसहितको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । समितिले सरकारी जग्गाको अतिक्रमण रोक्नुपर्ने र सही सुकुम्बासी पहिचान गर्नुपर्ने भन्दै महानगरमा ज्ञापनपत्र समेत बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्