Logo
Logo

मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा


2.7k
Shares

एजेन्सी । अफ्रिकन राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै मोरक्को पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मोरक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ । एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे । बदर बेनोनको पेनाल्टी प्रहार स्पेनका गोलकिपर युनाई सिमोनले रोके ।

पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए । सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोकेका थिए ।

पेनाल्टी अघि दुबै टोलीले पाएको अवसरलाई खेर फालेका थिए । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको थियो । अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

पूर्व विजेता स्पेन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्