Logo
Logo

चोलेन्द्रलाई किन दिइयो अकस्मात ‘क्लिन चिट’ ?


5.7k
Shares

काठमाडौं । चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै संसदका महासचिव डा भरतराज गौतमले ‘क्लिन चिट’ दिएपछि यो विषयले राजनीतिक विवाद उत्पन्न गर्ने देखिएको छ ।

महाअभियोगको प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका राणालाई संसदका महासचिव डा. गौतमले बुधबार ‘क्लिन चिट’ दिएका हुन् । ‘क्लिन चिट’ पाएसँगै राणा सर्वोच्च फर्कने तयारीमा छन् ।

तर, प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले भने चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्तावलाई नवनिर्वाचित आगामी प्रतिनिधिसभाले अगाडि बढाउने बताएका छन् । उनले राणालाई ‘क्लिन चिट’ दिएको समाचारमा मात्र सुनेको बताउँदै यदि त्यसो गरिएकै हो भने त्यो गलत हुने बताएका छन् ।

गत १ असोजमा सभामुख सापकोटाले राणाविरुद्धको महाभियोग प्रस्तावबारे आमनिर्वाचन–२०७९ पछि निर्वाचित हुने प्रतिनिधिसभाले निर्णय गर्ने गरी फाइल अघि बढाएका थिए । तर, आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै संसदका महासचिव गौतमले अकस्मात राणालाई ‘क्लिन चिट’ दिएका छन् ।

। प्रधानन्यायाधीश राणाको कार्यकाल अब ६ दिनमात्र बाँकी छ । उनी यही मंसिर २७ गते अवकाश हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्