Logo
Logo

प्रदेश १ मा सरकार गठनका लागि जसपा निर्णायक


1.1k
Shares

काठमाडौं । प्रदेश १ मा सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) वा राप्रपा निर्णायक भूमिकामा देखिएको छ । वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार गठनका लागि जसपाको साथ आवश्यक पर्छ । यस्तै, जसपाको समर्थन पाएका एमालेले पनि सरकार गठन गर्न सक्छ ।

प्रदेश १ मा समानुपातिकतर्फ एमालेले १४ सीट पाउने देखिन्छ भने प्रत्यक्षमा एमालेले २५ सिट ल्याएको छ । एमाले प्रत्यक्ष र समानुपातिक गरी ३९ सीटसहित पहिलो पार्टी बनेको छ ।

३९ सिटसहित पहिलो पार्टी बनेको एमालेलाई प्रदेशसभामा बहुमत जुटाउन थप ८ सांसदको समर्थन आवश्यक हुन्छ । यस्तो अवस्थामा एमालेसँगै चुनावी गठबन्धन गरेको राप्रपाको ६ र जसपाको २ सांसदको समर्थन पाए एमालेको बहुमत पुग्छ ।

यस्तै, प्रत्यक्षमा १७ सीट पाएको कांग्रेसले समानुपातिकमा १२ सिट पाउने देखिन्छ । यस आधारमा २९ सीटसहित कांग्रेस दोस्रो दल बन्दैछ । यस्तै, प्रत्यक्षमा ९ सीट जितेको माओवादी केन्द्रले समानुपातिकमा ४ सीट पाउने अवस्था छ । यस आधारमा माओवादीले प्रदेशसभामा १३ सीट पाउने देखिन्छ ।

यस्तै, जसपाले समानुपातिकमा २ सीट र प्रत्यक्षमा ३ सीट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा १ सीट पाउने देखिन्छ ।

प्रदेश १ मा वर्तमान सत्तारुढ गठबन्धनले पनि सरकार गठनका लागि पहल गर्न सक्छ । तर, सत्ता गठबन्धनलाई पनि जसपाको साथ आवश्यक हुन्छ । सत्ता गठबन्धनमा कांग्रेसको २९, माओवादी केन्द्रको १३ र एकीकृत समाजवादीको ४ गरी जम्मा ४६ सीट हुन्छ । यस्तो अवस्थामा बहुमत हासिल गर्न गठबन्धनले दुई सिटसहितको जसपालाई साथ लिन आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्