Logo
Logo

कस्तो रहला आजको मौसम ?


630
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज बिहान प्रदेश १ का साथै देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रहने छ । राती प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ ।

तराई भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्