Logo
Logo

जनमत पार्टीको केन्द्रीय कमिटी बैठक सुरू


2.8k
Shares

काठमाडौं । जनमत पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको पहिलो केन्द्रिय कमिटि बैठक काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केही बेरअघि सुरु भएको हो ।

राष्ट्रिय पार्टी बनेपछि जनमतले पहिलो पटक काठमाडौंमा केन्द्रीय कमिटी बैठक राखेको छ । २०७५ चैतमा बनेको जनमत पार्टीको केन्द्रीय समिति बैठक यसअघि जनकपुरमा बस्दै आएको थियो । प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट पाएको जनमतको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्