Logo
Logo

सुवास नेम्वाङको जित खारेजीको माग गर्दै सर्वोच्चमा रिट


1k
Shares

काठमाडौं । इलाम २ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उममेदवार डम्बर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

मत गणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै उनले बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । खड्काले नेम्वाङको निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गरेका छन् ।

रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिह्नको मत बदर गर्ने, सूर्य चिह्नको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घन्टौं मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबर्जस्ती विजयी बनाएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्