Logo
Logo

यस्तो छ आजको मौसम


504
Shares

काठमाडौं । आज बिहान देशका पहाडी भू–भागका केहि स्थानमा आंशिक बदली रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । तराईका केही भू–भागमा बिहानको समयमा हुस्सुरकुहिरो लागिरहेको छ । घाम लागेपछि उक्त हुस्सु र कुहिरो हट्नेछ ।

देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण हिमपात र वर्षा केहीसमय यता भएको छैन ।

प्रतिक्रिया दिनुहोस्