Logo
Logo

बागमतीमा जसपा र विवेकशील बाहिरिँदा हाम्रो नेपाली पार्टीको ‘इन्ट्री’


1.7k
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ मा कुनै पनि राजनीतिक दलहरुले एकल बहुमत ल्याउन सकेनन् । त्यसकारण बागमती प्रदेश सभाको दोस्रो कार्यकालमा राजनीतिक दलहरुको अंकगणित फेरिएको छ ।

अघिल्लो निर्वाचनमा दलहरुले पाएको नतिजालाई उल्ट्याउँदै प्रदेशसभामा नयाँ दलले इन्ट्री मारेको छ । प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी २ स्थान जितेको हाम्रो नेपाली पार्टीले पहिलो पटक प्रदेश सभामा प्रवेश पाएको हो ।

काठमाडौं निर्वाचन क्षेत्र–८ को ‘क’ बाट प्रदेशसभा सदस्यमा सैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् । हाम्रो नेपाली पार्टीको इन्ट्रीसँगै यसपटकको निर्वाचनमा प्रदेशसभाबाट दुई दल बाहिरिएका छन् ।

अघिल्लो कार्यकालमा ३ सिट जितेको विवेकशील साझा र १ सिट जितेको जसपा प्रदेशसभाबाट आउट भएका हुन् ।
उनीहरुले यसपटक एक सिट पनि जित्न सकेनन् ।

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ संसद निर्वाचित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्