Logo
Logo

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो


1.6k
Shares

काठमाडौं । नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्य प्रतितोला एक लाख नघेको छ ।

अघिल्लो कारोबार दिनकाे तुलनामा प्रतितोला ६ सय रुपैयाँले बढेर आज शुक्रबार छापावाल सुन एक लाख ३ सय पुगेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार ७ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्