Logo
Logo

टर्कीले काठमाडौंमा राजदूतावास स्थापना गर्ने


567
Shares

काठमाडौं । टर्कीले नेपालको संघिय राजधानी काठमाडौँमा राजदूतावास स्थापना गर्ने भएको छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो भएको टेलिफोन वार्ता राजदुतावास स्थापना र्गो सहमती भएको हो । उनीहरूबीच भएको वार्तामा निकट भविष्यमा काठमाडौंमा टर्कीको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्