Logo
Logo

नेयमारद्वारा ब्रजिलको टोलीबाट अवकाश लिने सङ्केत


6.2k
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकपबाट बाहिरिएपछि ब्राजिलका खेलाडी नेयमारले ब्राजिल फुटबल टिमबाट अवकास लिने बताएका छन् ।

कतारमा शुक्रबार राती भएको खेलमा क्रोसियासँग पराजित भएपछि उनले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका हुन्।

३० वर्षीय नेयमारले भने आफ्नो निर्णयको मूल्याङ्कन गर्ने बताउँदै भने, ‘मैले यस बारे अलि बढी सोच्न आवश्यक छ।’ १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यू गरेका नेयमारले थपे, ‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्किने १००५ ग्यारेन्टी पनि दिइरहेको छैन। मैले यस बारे अलि बढी सोच्न आवश्यक छ कि मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’

उता प्रशिक्षक टिटेले भने राजीनामा दिने बताइसकेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा दिने बताइसकेका थिए । ६१ वर्षीय टिटेले ब्राजिलको प्रबन्धकको रूपमा ६ वर्ष काम गरेपछि आफू ‘शान्तिमा जान लागेको’ बताएका छन्।

शुक्रबार राती भएको क्वाटरफाइनलको पहिलो खेलमा क्रोएसियासँग पाँच पटकको पूर्व विजेता ब्राजिल ४-२ ले पराजित हँदै खेलबाट बाहिरिएको हो। पेरिस सेन्ट-जर्मेनका फरवार्डले अतिरिक्त समयमा क्रोएसियाविरुद्ध अग्रता दिलाएपछि ब्राजिल पुरुष राष्ट्रिय टोलीका लागि १२४ खेलमा ७७ गोल गर्ने पेलेको ‘आधिकारिक’ गोलको कीर्तिमान बराबरी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्