Logo
Logo

कांग्रेसका तीन प्रभावशाली नेता समानुपातिकबाट सांसद


14.9k
Shares

काठमाडौं । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको नेपाली कांग्रेसले ३२ सिट समानुपातिकतर्फबाट पाएको छ ।

समानुपातिकमा पाएको ३२ मध्येमा २९ जना महिला र ३ जना पुरुषको नाम सिफारिस गर्नुपर्ने बाध्यतामा रहेको कांग्रेसले समानुपातिकतर्फको नाम टुङ्गो लगाएर निर्वाचन आयोगमा बुझाएको छ । तर, समानुपातिकबाट कांग्रेसले पाएको सांसद पनि  पहुँचवालाहरूले कब्जा गरेका छन् ।

प्रत्यक्षबाट केही मात्र महिला निर्वाचित भएको र संघीय संसद्‌मा ३३ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले कांग्रेसले २९ जना महिला र तीन जना पुरुषको नाम सिफारिस गर्नु परेको हो । तीन पुरुषमा कांग्रेसले प्रभावशाली नेताहरूको नाम सिफारिस गरेको छ ।

कांग्रेसले सचिव जीवन परियार, केन्द्रीय सदस्य तथा प्रवक्ता प्रकाशशरण महत र केन्द्रीय सदस्य बिमलेन्द्र निधिलाई समानुपातिकबाट सांसद बनाएको हो । 
महत खस आर्य, निधि मधेशी र परियार दलित कोटाबाट समानुपातिक सांसद बनाउन कांग्रेसले निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।

परियार सचिव नै भए पनि निधि र महत जति प्रभावशाली नेता भने होइनन् । तर, महत र निधि भने धेरै पटक मन्त्रीसमेत भइसकेका कांग्रेसका प्रभावशाली नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्