काठमाडौं । केन्द्रमा राष्ट्रिय दल बन्न नसक्दा समानुपातिक सांसद गुमाएको नेकपा(एकीकृत समाजवादी)ले प्रदेशमा भने नौ सांसद चयन गरेको छ । ६ वटा प्रदेशमा समानुपातिकतर्फ समाजवादीबाट नौ जना निर्वाचित भएका छन् । प्रदेशमा प्रत्यक्षतर्फ उसले १५ सिट जितेको छ ।
गण्डकी बाहेक अन्य प्रदेशमा उसल समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर सांसद मनोनयन गरेको छ । सबैभन्दा धेरै मधेस प्रदेशमा समाजवादीबाट तीन सांसद समानुपातिकबाट निर्वाचित भएका छन् ।
शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले समानुपातिक सांसदको छनोट गरी निर्वाचन आयोगमा बुझाएको छ ।
एकीकृत समाजवादीका समानुपातिक सांसदहरूको सूचीः
प्रदेश १
विद्या चाम्लिङ राई
मधेस प्रदेश
रत्नेश्वर गोइत यादव
किशोरी देवी
लक्ष्मी देवी
बागमती प्रदेश
मायादेवी शर्मा
ओमकुमारी श्रेष्ठ
लुम्बिनी प्रदेश
भगवती अधिकारी
कर्णाली प्रदेश
कल्याणी खड्का
सुदुरपश्चिम प्रदेश
माया पन्त