Logo
Logo

एकीकृत समाजवादीले छान्यो प्रदेशका ९ समानुपातिक सांसद (सूचिसहित)


36k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समानुपातिक प्रणालीमार्फत प्रदेश सभामा प्रतिनिधित्व गर्ने ९ जनाको नाम निर्वाचन आयोगलाई बुझाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले समानुपातिकमा सूचीकृत मध्येबाट ९ जनालाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको हो ।

जसमा प्रदेश १ बाट विद्या चाम्लिङ, मधेस प्रदेशबाट पुरुषमा रत्नेश्वर गोइत, दलितमा इश्वरीदेवी र अल्पसंख्यकमा लक्ष्मीदेवी लोहारलाई छनोट गरेको छ ।

त्यसैगरी वागमती प्रदेशबाट आदिवासी महिला क्लस्टरबाट ओमकुमारी श्रेष्ठ, खस आर्यबाट मायादेवी शर्मालाई छनोट गरेको छ भने लुम्बिनी प्रदेशबाट खसआर्यबाट भगवती अधिकारी, कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशबाट माया पन्तलाई छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

एकीकृत समाजवादी ३ प्रतिशत थ्रेस होल्ड कटाउन नसकेका कारण राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भएको छ । त्यसैले, झण्डै तीन लाख मत पाए पनि संघीय संसदमा भने एकीकृत समाजवादीले समानुपाति सांसद गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्