Logo
Logo

रेशम चौधरीलाई छुटाउन सरकारले ल्यायो अध्यादेश


13.7k
Shares

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने अध्यादेश ल्याएको छ ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेमशलाई छुटाउन आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार यो अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भयो भने रेशम छुट्ने छन् । ‘अदालतले पनि मान्नुपर्छ, अदालतको सहमति लिएको छ/छैन मलाई थाहा भएन’ ती मन्त्रीले सुनाए ।

सत्ता गठबन्धनले सरकार गठनको सहजताको लागि उक्त अध्यादेश ल्याउन लागेको हो । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने अडान सरकार समक्ष राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्