Logo
Logo

लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ


567
Shares

धनगढी । कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागू औषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समीर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका-७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो ।

लागू औषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्