काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकामा घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ।
बटेश्वर-५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको राती सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको हो । हत्या गरेको आशंकामा श्रीमान् वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको डीएसपी क्षेत्रीले जानकारी दिए।
गम्भीर घाइते भएकी रितादेवीलाई वीरन्द्रले उपचारका लागि भन्दै अस्पताल पुर्याएका थिए। अस्पताल पुग्नु अघि नै रितादेवीको मृत्यु भइसकेको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले बताए ।