Logo
Logo

रिहा होलान् त रेशम चौधरी ?


756
Shares

काठमाडौं । रेशम चौधरी रिहा हुने हल्ला चलेपछि कार्यकर्ता डिल्लीबजारस्थित सदरखोरमा जम्मा भएका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीलाई स्वागत गर्न उनीहरु फूलमालासहित त्यहाँ पुगेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेपछि रेशम चौधरी रिहा हुने हल्ला सर्वत्र चलेको छ ।

कैलालीको टीकापुरमा झडप हुँदा एक बालकसहित ८ जनाको मृत्यु भएको घटनामा दोषी ठहर भई चौधरीले डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका छन् ।

तर, निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया भइरहेकै अवस्थामा रेशम चौधरीलाई रिहा गर्ने उद्देश्यले अध्यादेशमार्फत कार्यविधि संशोधन हुन लागेपछि चौतर्फी विरोध भइरहेको छ । यदि राष्ट्रपतिले अध्यादेश जस्तोको तस्तै प्रमाणीकरण गरेको खण्डको रेशम चौधरी रिहा हुने छन् ।

प्रतिक्रिया दिनुहोस्