Logo
Logo

रेशमलाई छुटाउने अध्यादेशप्रति गगनको आपत्ति


3.7k
Shares

काठमाडौं । जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति सत्ता गठबन्धनकै नेताहरूले विरोध गरेका छन् ।

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र अध्यादेशका बारेमा कुनै छलफल नभएको र कुनै निर्णय नै नभएको भन्दै विरोध गरेका छन् । ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ’, उनले भनेका छन्, ‘त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ ।’

थापाले लेखेका छन्, ‘सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शत प्रतिशत सही छ । यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो । किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ ।अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ । अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्