Logo
Logo

लुम्बिनीमा एमाले संसदीय दलको नेता को ?


3.8k
Shares

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सकिएलगत्तै लुम्बिनीमा संसदीय दलको नेता बन्नका लागि रस्साकस्सी सुरु भएको छ । त्यसका लागि प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमालेभित्र पनि संसदीय दलको नेता बन्न आकांक्षीहरुले दौडधुप तीव्र बनाएका छन् । उनीहरुले दलका केन्द्रीय नेतासँग लविङ गरिरहेका छन् ।

प्रत्यक्ष र समानुपातिक गरी २९ सिट पाएर पहिलो दल बनेको प्रदेशमा लीला गिरी मुख्य दावेदार छन् । गिरी हालै सम्पन्न आम निर्वाचनमा रुपन्देहीको क्षेत्र–२ को ‘क’ बाट प्रदेश सांसद चुनिएका हुन् ।

यस्तै रुपन्देही २ (ख) बाट निर्वाचित भोजप्रसाद श्रेष्ठ, रुपन्देही ५ (क) का भूमिश्वर ढकाल पनि संसदीय दलको नेताको आकांक्षी हुन् । उनीहरुले संसदीय दलको नेता बन्न लविङ्ग सुरु गरिसकेका छन् ।

एमालेको पोलिट्ब्युरो सदस्यसमेत रहेका लीला गिरीले आफू वरिष्ठ भएकाले प्रदेशमा एमाले संसदीय दलको नेतामा दाबी स्वाभाविक रहेको बताए । यस्तै प्रदेशका अर्का पूर्वमन्त्री तथा एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पनि दलको नेतामा दाबी गरेको बताए ।

उनी पार्टीको आवश्यकता र कामको मूल्याङ्कनको हिसाबले आफूले संसदीय दलको जिम्मेवारी पाउनुपर्ने बताउँछन् । यस्तै हाल पार्टीको सचेतकसमेत रहेका भूमिश्वेर ढकाल पनि संसदीय दलको नेता बन्ने दौडमा छन् । उनले तयारी समेत सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्