Logo
Logo

सेयर बजार : १६.९७ अंकले बढ्यो नेप्से


315
Shares

काठमाडौं । सोमबार सेयर बजार मापक परिसूचक नेप्से १६.९७ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०५ कम्पनीको कारोबार हुँदा १५८ कम्पनीमम वृद्धि भएको र ४१ कम्पनीमा ओरालो लागेसँगै ७ कम्पनी स्थिर रहेको छ । यस्तै, ४४ लाख ७० हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नविल बैंक शीर्ष स्थानमा छ। यसको सोमबार २१ करोड ३२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा कुमारी बैंक र तेस्रोमा सिभम सिमेन्टको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसूचकबाहेक सबै उपसूचकमा उकालो लागेको छ। सबैभन्दा धेरै अन्य इन्डेक्सको ६.१४ प्रतिशतले वृद्धि भएको छ ।

सोमबारको कारोबारमा सुम्मित लघुवित्त र सिवाइसियलको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। आइतबार सेयर बजार सेयर बजार ३१.९७ अंकले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्