Logo
Logo

रेशम रिहाईको अध्यादेश राष्ट्रपति कार्यालयमा


18k
Shares

काठमाडौं । रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको थियो ।

सरकारले जारी गर्न पठाएको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष आइपुगेको राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले जानकारी दिए ।

सत्तास्वार्थका लागि हत्यारा रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ ।
सरकारले भने हिंसात्मक गतिविधिमा संलग्नलाई मूलधारमा ल्याउन अध्यादेश ल्याएको भन्दै बचाउ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्