Logo
Logo

चिसो बढ्यो, काठमाडौंको तापक्रम ५.७ डिग्री


504
Shares

काठमाडौं । देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईका केही भू–भागमा बिहान हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने छ । त्यसैले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । सोमबार (हिजो) यो वर्षकै सोमबारसम्म सबैभन्दा कम तापक्रम थियो ।

सोमबार बिहान पौने ९ बजेको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहको छ । पौने ९ बजे अझै चिसो बढेर तापक्रम घट्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्