Logo
Logo

सल्यानमा करेन्ट लागेर एक पुरुषको मृत्यु


252
Shares

सल्यान । सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शारदा नगरपालिका १० पैयाखर्क घर भएका ५० वर्षीय झुपबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा रहेको मसला पिस्ने मिल चलाउँदा करेन्ट लागेर सोमबार साँझ ५ बजेतिर घटनास्थलमै बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्