Logo
Logo

गण्डकीमा समानुपातिक सांसद छनोटबारे एमाले र राप्रपामा विवाद


8.6k
Shares

पोखरा । नेकपा एमालेले समानुपातिकतर्फ १० सीट पाएको गण्डकीमा २ जिल्लाका मात्रै अधिकांश सांसद छनोट भएका छन् । कास्कीका ४ र बागलुङका ४ जना सांसद छन् । बाँकी २ जनामध्ये एकजना स्याङजा र अर्को एकजना लमजुङबाट समेटिएका छन् ।

११ जिल्ला रहेको यहाँ एमालेले ४ जिल्लाबाट मात्रै सांसद छानेपछि एमालेबृत्तमै असन्तुष्टि देखिएको छ । गोरखाबाट आदिवासी जनजाति क्लष्टरको दोश्रो नम्बरमा रहेका प्रेम गुरुङलाई हटाएर खस आर्यतर्फ २ नम्बरमा रहेका कास्कीका प्रकाश केसीलाई समावेश गरेको भन्दै एमालेकै नेता कार्यकर्ताले विरोध गरेका छन् ।

गोरखाका ११ वटै स्थानीय तहका अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्ष बालकोटमा डेलिगेसन गएका छन् । प्रत्यक्ष तर्फ पनि खसआर्य बढी निर्वाचित भएको भन्दै उनीहरुले समानुपातिकबाट आदिवासीलाई प्राथमिकता दिनुपर्ने बताए ।

१२ सीटमा प्रत्यक्ष चुनाव जितेको एमालेका ८ जना खसआर्य समूहका छन् भने आदिवासी जनजातिबाट ३ जना मात्रै छन् ।

यस्तै, राप्रपामा पनि प्रदेश अध्यक्ष पन्चराम गुरुङ समानुपातिक सांसद भएपछि विरोध सुरु भएको छ । अध्यक्ष गुरुङले पैसा बुझाएर सांसद बनेको आरोप राप्रपामा छ । राप्रपाका नेता कार्यकर्ताले नै पार्टीको प्रदेश कार्यालयमा तोडफोड र तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्