Logo
Logo

इन्जिनियरले २८ लाख घुस लिएको अख्तियारको दाबी


2.2k
Shares


काठमाडौं । खानेपानी तथा सरसफाई डिभिजन नं. ४, वागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्यालले २८ लाख घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । सत्याल र प्लम्बर बखत बहादुर थापाविरुद्ध सोमबार मुद्दा दायर भएको हो ।


गत २ कात्तिकमा आयोगले उनीहरुलाई १६ लाख नगद र १२ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा इन्जिनियर सत्याल र प्लम्बर थापाले बिभिन्न आर्थिक बर्षहरुको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा रु.२८,००,०००।– घुस÷रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा २८ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्